बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर तर ८० प्रतिशत रोगी ढिलो गरी आउँछन् अस्पताल

SHARE:

सूर्तीजन्य पदार्थ सेवनलाई शतप्रतिशत रोक्ने हो भने ६० देखि ७० प्रतिशत क्यान्सर रोगी घट्ने’ क्यान्सरसम्बन्धी जनचेतना जागृत गर्नका लाग...

सूर्तीजन्य पदार्थ सेवनलाई शतप्रतिशत रोक्ने हो भने ६० देखि ७० प्रतिशत क्यान्सर रोगी घट्ने’

क्यान्सरसम्बन्धी जनचेतना जागृत गर्नका लागि विश्वभरनै यो दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ नेपालमा पनि क्यान्सर दिवसको अवसरको विभिन्न कार्यक्रमको आयोजना गरिन्छ क्यान्सर दिवस आउनुभन्दा १५ दिन पहिलादेखि नै क्यान्सर विशेषज्ञ चिकित्सकहरु जनचेतना जगाउनको लागि निकै व्यस्त हुन थाल्छन्   तर अहिलेसम्म पनि नेपालमा कति क्यान्सर रोगी छन् भन्ने एकीन तथ्याङक छैन हाल जनसंख्यामा आधारित (पपुलेसन वेस) अनुसन्धानको काम चलिरहेको सरकारको भनाइ रहेको

क्यान्सर रोगीहरुः दुई अस्पतालको तथ्याङ्कमा

भक्तपुर क्यान्सर अस्पताल

क्यान्सर अस्पताल भक्तपुरमा सन् २०१७ मा ६७ हजारले क्यान्सर परिक्षण गराएका थिए तीमध्ये ३४ सय बिरामीमा क्यान्सर देखिएको थियो पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर फोक्सोको क्यान्सर धेरै देखिएकोे   सय २२ जनालाई फोक्सो   सय ६२ लाई पाठेघरको क्यान्सर, सय ३७ लाई स्तन क्यान्सर भएको भक्तपुर क्यान्सर अस्पतालले जनाएको अहिलेसम्म क्यान्सर रोगको सुरुवाती चरणमा आउनेमा भने २० प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको    भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन आउने मध्ये ८० प्रतिशत तेस्रो चौंथो अवस्थामा मात्रै अस्पताल आउने गरेको डा.ऋषिकेश श्रेष्ठले बताए

भरतपुर अस्पतालमा धेरै किसिमका क्यान्सर

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षमा लाख २५ हजार ४१ जनाले क्यान्सरको परीक्षण गराएका छन् परीक्षण गराएका मध्ये क्यान्सर लाग्नेको संख्या भने हजार रहेको भरतपुर अस्पतालले जनाएअनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा सेवा लिनेको संख्या धेरै हो   सन् २०१७ मा हजार सय ७२ जना क्यान्सर रोगी पत्ता लागेको थियो तीमध्ये हजार सय १३ जना महिला रहेका हजार सय ५८ जना पुरुष रहेका छन् यो संख्यालाई आधार मान्ने हो भने पुरुषभन्दा महिलाको संख्या सय ५५ जना बढी देखिन्छ यस्तै २०१७ मा नै सयभन्दा बढी प्रकारको क्यान्सर देखिएको थियो

छैन तथ्याङ्कः कतिले लिए उपचार सेवा ?

अचम्म लाग्दो कुरा के भने स्वास्थ्यको क्षेत्रको जिम्मेवारी सम्हालेको स्वास्थ्य मन्त्रालय  पनि नेपालमा क्यान्सर रोगी कति छन् भन्ने एकिन तथ्याङ्क दिन सक्ने अवस्थामा छैन। यसले नेपालको स्वास्थ्य क्षेत्रमा सरकारको दयनीय अवस्था तथा वेवास्तापनलाई प्रतिविम्बित गर्छ भन्दा अतिशयोक्ति नहोला

सरकारसँग विपन्न नागरिक कोषबाट सहयोग लिने क्यान्सर रोगीहरुको मात्रै तथ्याङ्क रहेको विपन्न नागरिक कोषबाट गत वर्ष १० हजार सय २० जना क्यान्सरका बिरामीले उपचार खर्च लगेका थिए तर सरकारको तथ्याङक हामीले संकलन गरेको एउटै अस्पतालको तथ्याङ्क दाँज्ने हो भने पनि धेरै भिन्नता रहेको फेला पर्छ   भरतपुर अस्पतालमा मात्रै क्यान्सरका बिरामी हजार रहेका छन्

सबै क्यान्सरको बिरामीलाई एक लाखको दरले सरकारले उपचार खर्च सहयोग गर्दै आइरहेको   यसमा पनि क्यान्सरको किसिम, कुन उमेर समूह, जात लिङ्गलाई विभाजन गरिएको छैन   क्यान्सर लागेपछि सरकारले बिरामीलाई गर्दै आएको आर्थिक सहयोग लिनेमा निकै कम क्यान्सर बिरामीहरु रहेको सम्बन्धित चिकित्सकहरुको अनुमान रहेको

क्यान्सर अनुसन्धान अन्तिम चरणमा

क्यान्सरसम्बन्धी अनुसन्धान नेपालमा पहिलो पटक सुरु भएको सन् २०१८ जनवरीबाट सुरु भएको अनुसन्धान अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. अन्जनी कुमार झाले रातोपाटीलाई बताए

जनसंख्यामा आधारित उक्त अनुसन्धानको क्रममा उपत्यकाको काठमाडौँ, ललितपुर  भक्तपुर, रुकुम पूर्व रुकुम पश्चिम, तराईको महोत्तरी धनुषामा तथ्यांक संकलन गर्ने काम भइरहेको नेपालमा आम नागरिकमा कुन कति प्रकारको क्यान्सर भन्ने विषयमा अनुसन्धानको लागि तथ्याङक लिने काम अबको एक महिनामा सकिने 

अनुसन्धानको काम सकिएपछि नेपालमा क्यान्सर रोगको कार्यक्रम सञ्चालनको लागि सहज हुने कुरा डा. झा बताउछन् उनका अनुसार, उक्त अनुसन्धानले नेपालमा कति प्रकारको क्यान्सर देखिएको , कुन ठाउँको नागरिकलाई कस्तो क्यान्सर लाग्ने सम्भावना बढी रहेको , उपचारको लागि नेपाल सरकार कसरी अघि बढ्नु पर्छ, क्यान्सर सम्बन्धी अस्पताल संचालन लगायतको पाटोमा पनि अझ राम्रोसँग जानकारी हुनेछ

यो अनुसन्धानले सरकार तथा निजी निकायलाई क्यान्सरको क्षेत्रमा काम गर्न सहज हुनेछ’, डा. झा भन्छन्

क्यान्सर उपचारः हट्दैछ विदेश धाउनुपर्ने बाध्यता

पछिल्लो समय नेपालमा धेरै क्यान्सरको सफल उपचार हुँदै आइरहेको क्यान्सर लागे पछि उपचारको लागि विदेश नै धाउनु पर्ने बाध्यताहरु हटेका छन् तर क्यान्सर रोगमा अहिलेसम्म कुनै पनि अनुसन्धान नहुँदा क्यान्ससँग सम्बन्धित धेरै कार्यक्रमहरु अलमल सुस्ततामा नै सञ्चालन भएको पाइन्छ

प्राप्त तथ्याङ्क एवं जानकारीका आधारमा भन्दा नेपालमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा रहेको भने दोस्रो नम्बरमा महिलाको पाठेघरको क्यान्सर देखिन्छ स्मरणीय के भने,  फोक्सोे, पाठेघरको मुख, स्तन, घाँटीनाकमुख, ठूलो आन्द्रा, लिन्फो ब्रेन ट्यूमरलगायतका क्यान्सरको नेपालमा नै सफल उपचार हुँदै आइरहेको

बेलैमा उपचार गर्ने हो भने क्यान्सर रोग निको पार्न सकिने चिकित्सकहरु बताउँछन् उनीहरुका अनुसार, पहिलो दोस्रो अवस्थाको क्यान्सर शतप्रतिशत निको हुन्छ भने तेस्रो चौथो अवस्थामा पुगिसकेको क्यान्सरको चाहिँ उपचार गाह्रो हुन्छ सबैभन्दा दुःखद पक्ष चाहिँ ८० प्रतिशत क्यान्सर बिरामीहरु क्यान्सर रोग तेस्रो चौथौ अवस्थामा पुगिसकेपछि मात्रै उपचारार्थ अस्पताल आउने गरेको देखिएको

क्यान्सर रोगी बढ्दोः सरकारको क्रियाकलाप कम

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बराल भन्छन्, ‘नेपालमा क्यान्सर रोगी बढ्दै गएको कुरामा कुनै शंका छैन तर रोगीहरु कति छन् भन्ने एकीन तथ्याङक नहुँदा क्यान्सरको क्षेत्रमा प्रभावकारी ढंगले काम गर्नलाई निकै गाह्रो भएको

त्यसो रोगीको तथ्यांक संकलन गर्नका लागि हस्पीटल वेस पपुलेसन वेस अनुसन्धान हुनु जरुरी हस्पीटल वेस तथ्यांकको कुरा गर्दा नेपालमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर रहेको देखिएको त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो स्तन क्यान्सर दोस्रोमा रहेको

क्यान्सर रोगको कार्यक्रम संचालन सक्रियाताको साथ नभएको त्यसतर्फ सरकारले पर्याप्त ध्यान नदिएको क्यान्सर सम्बन्धी चिकित्सकहरुले बताउँदै आइरहेका छन् क्यान्सर लाग्नुको मुख्य कारण सूर्तीजन्य पदार्थको उपभोग भएको हुँदा नेपालमा सूर्तीजन्य पदार्थको सेवन पूर्ण रुपमा नरोकेसम्म क्यान्सर रोगको समाधान नहुने चिकित्सकहरु बताउँछन् सूर्तीजन्य पदार्थ सेवनलाई शतप्रतिशत रोक्ने हो भने  ६० देखि ७० प्रतिशत क्यान्सर रोगी घट्ने डा. बरालको अनुमान रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुन्छ वातावरण खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् डा. बरालका अनुसार, सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको  धुमपान मद्यपान नगरे, तारेको चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने उनी बताउँछन्

सरकार भन्छ चित्त बुझ्दो कार्यक्रम छ

सरकारले क्यान्सरको क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम कम रहेको त्यो प्रभावकारी नभएको भन्दै यस क्षेत्रमा काम गर्ने धेरैले चित्त बुझाउन सकिरहेको छैन तर मन्त्रालयले भने क्यान्सर रोगको कार्यक्रम सक्रिय रुपमा चित्तबुझ्दो ढंगले सञ्चालन भइरहेको दावी गर्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटासरकारले क्यान्सरको क्षेत्रमा सक्रिय रुपमा कार्यक्रम संचालन गर्दै आइरहेकोबताउँछन रातोपाटीसँग कुरा गर्दै उनलेक्यान्सरबाट जोगिनको लागि पहिला व्यक्ति आफै सचेत हुनुपर्ने त्यस पछि राज्यको दायित्व हुनेबताए

त्यसो सरकारले क्यान्सरसम्बन्धी नयाँ कार्यक्रमहरुलाई अघि सारेको देखिँदैन, विगतका वर्षहरुमा संचालन हुँदै आएको सामान्य खालका कार्यक्रमलाई मात्रै दिँदै आइरहेको

अहिले सरकारले क्यान्सर रोगीलाई एक लाख आर्थिक सहयोग गर्दै आइरहेको   स्वास्थ्य सेवा विभाग अन्तर्गतको विपन्न नागरिक कोषबाट सहयोग रकम लिनेमा पहिलो नम्बरमा क्यान्सर रोगी नै रहेकोडा. देवकोटा बताउँछन्

सरकारी सहयोगको पैसा धेरै किड्नी रोगीमा गए पनि बिरामीको संख्याको कुरा गर्ने हो भने सहायता लिनेमा पहिलो नम्बरमा क्यान्सर रोगी रहेका छन् क्यान्सर न्यूनीकरणको लागि सूर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत जानकारीमुलक तस्वीर छापेको लगायतका अन्य विभिन्न जनचेतना बढाउने कार्यक्रमहरु भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको
साभार : ratopati.com

COMMENTS

Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर तर ८० प्रतिशत रोगी ढिलो गरी आउँछन् अस्पताल
बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर तर ८० प्रतिशत रोगी ढिलो गरी आउँछन् अस्पताल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyA3u6WK0JZf_Bk4-GFhoF8ZLtx7Rvz1SRGW2eQY0LNF-qkZO46ePvd0L8lStyfAn_qPLWPeeC2DsRgT6j6Pea_Dmi2eFi5xldS_RoxSgeZhh4R-VyYzwWVkLUQ6w_clOovXtM_o_WA8Sr/s1600/ww%252520cancer%252520cases_article.__v100188440.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyA3u6WK0JZf_Bk4-GFhoF8ZLtx7Rvz1SRGW2eQY0LNF-qkZO46ePvd0L8lStyfAn_qPLWPeeC2DsRgT6j6Pea_Dmi2eFi5xldS_RoxSgeZhh4R-VyYzwWVkLUQ6w_clOovXtM_o_WA8Sr/s72-c/ww%252520cancer%252520cases_article.__v100188440.jpg
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2019/02/blog-post_4.html
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/2019/02/blog-post_4.html
true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content