संयुक्त अरव इमिरेट्स ( यूएई ) विरुद्धको तीन वान डे र तीन टी – २० सिरिजमा क्लिन स्विप गरेको नेपाली राष्ट्रिय क्रिकेट टो...
संयुक्त अरव इमिरेट्स
(यूएई)विरुद्धको तीन
वान डे र तीन टी–२० सिरिजमा
क्लिन स्विप गरेको
नेपाली राष्ट्रिय क्रिकेट
टोली सोमबार स्वेदश
फर्कदैछ । टोलीका
लेग स्पिनर सन्दीप
लामिछाने भने यूएईबाटै
अष्ट्रेलिया जाने टोलीका
प्राविधिक रमन सिवाकोटीले
जानकारी दिए । सन्दीप बिग
बास लिगको बाँकी
खेल खेल्न अष्ट्रेलिया
जान लागेका हुन्
। नेपाली टोली
दिउँसो साढे ३ बजे काठमाडौं
आइपुग्नेछ ।
बिग बास
लिगमा सन्दीप मेलबर्न
स्टार्सबाट खेलिरहेका छन् । बिग बासको
सुरुवाती चार खेल
खेलेर सन्दीप बंगलादेश
प्रिमियर लिग (बीपीएल)
खेल्न बंगलादेश आएका
थिए । सन्दीपले
बिग बासका चार
खेलमा आठ विकेट
लिएका थिए । त्यसपछि सन्दीप यूएईविरुद्ध
खेल्न नेपाली टिममा
समावेश भएका थिए
।
आइतबार भएको
तेस्रो तथा अन्तिम
टी–२० खेल नेपालले यूएईलाई १४
रनले पराजित गरकाे
थियाे । यससँगै
नेपालले टी–२० सिरिजमा २–१ को जित
हात पारेको थियो
। यसअघि नेपालले
वान डे सिरिज
पनि २–१ ले नै
जितेको थियो । नेपालले वानडे र टी–२०
दुवै खेलमा उत्कृष्ट
पुनरागमन गर्दै सिरिजमाथि
कब्जा जमाएको हो
।
नेपालले सिरिजसँगै व्यक्तिगत
उपाधिमा पनि बर्चस्व
जमायो । वान डेमा शतक
प्रहार गरेका कप्तान
पारस खड्काले म्यान
अफ द सिरिज भए ।
टी–२० मा युवा बलर
अभिनाश बोहोरा म्यान
अफ द सिरिज चुनिए ।
वान डेअन्तर्गत दोस्रो
खेलमा सोमपाल कामी
म्यान अफ द म्याच बनेका
थिए । टी–२० मै
उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह
ऐरी म्यान अफ
द म्याच भए
। टी–२० को अन्तिम
खेलमा करण केसी
म्यान अफ द म्याच भएका
थिए ।

COMMENTS