आजको विश्वमा मानव स्वास्थ्यसँग गासिएको सबैभन्दा ठूलो समस्या हो , क्यान्सर । विश्वभरी ४ फेब्रुअरीलाई क्यान्सर दिवसका ...
आजको विश्वमा
मानव स्वास्थ्यसँग गासिएको
सबैभन्दा ठूलो समस्या
हो, क्यान्सर ।
विश्वभरी ४ फेब्रुअरीलाई
क्यान्सर दिवसका रुपमा
मनाइन्छ । क्यान्सरबारे
महत्त्वपूर्ण तथ्य के
हो भने हामी
सबै मानिसले जन्मदा
नै यसको संभावना
लिएर आएका हुन्छौँ
।
हाम्रो शरीरको
सबैभन्दा सानो इकाइ
(Unit) कोशिका (Cell) हो ।
एउटा मानव शरीर
अर्बौ कोशिकाले बनेको
हुन्छ । क्यान्सर
यिनै कोशिकामा हुने
गडबडी अथवा समस्या
हो ।
पहिला यिनै
कोशिकाका बारे बुझौँ
। मानव शरीर
भिन्न भिन्न खाले
दुई सय प्रकारका
कोशिकाले बनेको हुन्छ
। प्रत्येक कोशिका
स्वतन्त्र जीवन हो
। जहाँ जीवन
हुन्छ, त्यहाँ मृत्यु
गाँस्सिएको हुन्छ अर्थात
हरेक खाले कोशिकाको
पनि निश्चित आयु
हुन्छ । केही न्यूरोन कोशिका (NEURON) बाहेक
सबै कोशिका मर्ने
गर्छन् ।
हाम्रो रगतमा
हुने श्वेत रक्तकोशिका
(WBC)को आयु एकदेखि
तीन दिन, छालाका
कोशिकाको सरदर आयु
२८ दिन, लाल
रक्त कोशिकाको (RBC) आयु
१२० दिन र कलेजोको कोशिकाको आयु
१८ महीना हुन्छ
।
कोशिका नै
हाम्रो जीवनको सबैभन्दा
सानो जीवित इकाई
हो । एउटा वयस्क शरीरमा
प्रति मिनेट सरदर
९ करोड ६० लाख कोशिका
मृत्युवरण गरिरहेका हुन्छन् ।
हिसाब गरेर हेर्नुस्,
एक दिनमा कति
कोशिका मर्छन् ?
संख्या खरबमा
पुग्छ । तपाईले
यहाँसम्म पढ्दै गर्दा
तपाईभित्र ४५–५०
करोड जीवन (कोशिका)
अस्त भइसके ।
बिहान सूर्योदय
हुँदा झ्यालको चेपबाट
कोठामा आइरहेको प्रकाशको किरणमा
उड्दै गरेका जुन
कण देख्नु हुन्छ
। थाहा छ तपाईलाई त्यो के हो ? तपाईले
पत्याए पनि नपत्याए
पनि सत्य के हो भने
ती उडिरहेका कणमा
८०% भन्दा बढी
तपाईकै मृत कोशिकाका
अवशेष हुन्छन् ।
केही न्युरोन
कोशिका र कलेजोका
कोशिकाको गणना नगर्ने
हो भने (आयु
१८ महिना) तपाईको
शरीर प्रत्येक १२०
दिनमा नयाँ भइ सकेको हुन्छ
।
हामी जसलाई
जीवन भन्छौँ, त्यो
३७ ट्रिलियन कोशिकाको
समुच्चय हो । कोशिका मर्छन्
एवम् कोशिकाले नयाँ
कोशिका जन्माउछन् ।
यो नै समस्त
प्राणीहरुमा अटो इनबिल्ट
रिप्लिकेशन सिस्टम हो
। प्रत्येक कोशिकाले
आफै जस्तो नयाँ
कोशिकाको निर्माण गरिरहेको हुन्छ
। कोशिकाले कहिल्यै
विश्राम गर्दैन ।
तपाईं कुर्सी वा
सोफा वा खाटमा
विश्राम गरी राख्नु
भएको बेला पनि
तपाईंका कोशिका भने
निरन्तर एक्टिभ नै
हुन्छन् । विश्राम
भन्ने शब्दावली कोशिकासँग
हुन्न ।
तपाई जन्मेदेखि
(खासमा, ओभम र स्पर्मको मिलन भएदेखि)
नै प्रत्येक मिनेट
लाखौ कोशिकाले स्वयंबाट
स्वयं जस्तै अन्य
कोशिका जन्माइरहेका हुन्छन्
। एकबाट दुई,
दुईबाट चार, चारबाट
आठ र यो क्रम अनवरत
चलिरहन्छ । पुराना
मर्दै जान्छन्, नयाँ
जन्मिरहन्छन् । यो
क्रम अनवरत चलिरहन्छ
।
क्यान्सरको मूल जरो यहीँनिर छ । क्यान्सरको सम्बन्ध एउटा
कोशिकाले जन्माउने नयाँ कोशिकाको
प्रक्रियामै निहीत छ
।
कोशिकाको अति अल्प
आकारले गर्दा यसलाई
खाली आँखाले देख्न
सकिन्न । यसलाई हेर्न माइक्रोस्कोपको
आवश्यक हुन्छ । १ देखि
१०० माइक्रोमिटर (µm) सम्म
कोशिकाको आकार हुन्छ
। १ माइक्रोमीटर
भनेको १ मीटरको
दसलाखको एक भाग हो ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीमा
पहिलो कोशिकाको निर्माण
साढे तीन अर्ब
वर्ष पहिला भएको
थियो । अति सानो भनेर
यसको अपहेलना नगर्नुस्,
तपाईंको सम्पूर्ण जीवन
र चरित्र यही
सानो कोशिकामा निहित
हुन्छ । जीनोम
(GENOM) यही कोशिकाको केन्द्रमा रहेको
न्युक्लियस (NUCLEUS) भित्र रहेको
हुन्छ ।
एक स्त्री
कोशिका ओभमले एक
पुरुष कोशिका स्पर्मबाट
डिएनए ग्रहण गरी
निषेचित भइ प्रारम्भ
हुने जीवन यात्रामा
त्यो डीएनए प्रत्येक
कोशिकामा कपी हुँदै
जान्छ । यसो पनि भन्न
सकिन्छ, प्रत्येक कोशिकामा
‘तपाई बारेका’ सम्पूर्ण
जानकारी लेखिएका हुन्छन्
।
जब एउटा
कोशिकाले आफु जस्तै
अर्को कोशिका जन्माउँछ
अथवा आफ्नो प्रतिलिपि
तयार गर्छ । यसबेला नयाँ
बन्दै गरेको प्रतिलिपि
कोशिकाले भनौ मदर
कोशिकाबाट डिएनएको दुरुस्त सक्कल
(EXACT SEQUENCE) आफुमा सार्नु पर्ने
हुन्छ । डीएनए मालिक्युललाई न्युक्लियोटाइडस भनिन्छ
। हजार, लाख,
करोड मात्र होइन,
नयाँ कोशिकाले मदर
कोशिकामा रहेका तीन
अर्ब न्युक्लियोटाइडस दुरुस्त
कपी गर्नुपर्छ ।
एउटा कोशिकाले आफुमा
रहेका तीन अरब न्युक्लियोटाइडस अर्को कोशिकामा
पुर्याउने काम अनवरत
चलिरहन्छ । जीवनको
खास परिभाषा मैले
लेख्नु, तपाईंले पढ्नु,
अरु कसैले राजनीति
वा अन्य उपक्रम
गर्नु हो कि कोशिकाले आफै जस्तो
कोशिका निर्माण गरेर
आफुमा भएका सारा
गुण अवगुण त्यस
कोशिकालाई हस्तान्तरण गर्नु हो...
एकपटक चिन्तन गर्ने
हो कि ?
सामान्यतया कोशिकाले आफ्नो
काम परफेक्टली गर्छन्
। तर, कहिलेकाहीँ
यो काममा पनि
त्रुटि हुन जान्छ
। प्रत्येक पटक
जब तपाईंको एउटा
कोशिकाले नयाँ कोशिका
जन्माउदै यी कोशिकामा
एन्जाइम्स, जसले डी
एनए सिंथेसाइज गर्छन्,
पठाउने गर्छ । यसबेला कोशिकाबाट
अनेकन त्रुटि हुन्छन्
। यी त्रुटिमध्ये
केही तपाईंका लागि
लाभदायक हुन्छन् भने
केही त्रुटि अत्यन्त
हानिकारक ।
हाम्रो शरीरमा
गजबको अटो करेक्ट
प्रणाली छ । नयाँ कोशिकाले
ग्रहण गरेको न्युक्लियोटाइडस
सिक्वएन्स अथवा डीएनए
संरचनामा त्रुटिका कारण भएको
परिवर्तनले केही हानि
पुर्याउनु भन्दा पहिला
नै यी विसंगतिपूर्ण
कोशिकालाई आत्महत्या गर्ने आदेश
अटो करेक्ट प्रणालीले
दिन्छ । ती कोशिका पनि
आदेश मानेर मर्छन्
।
यहाँसम्म सबै कुरा
ठीक छ । तर, कहिलेकाहीँ
कुनै कोशिकाको डीएनएमा
आएको परिवर्तनले त्यो
कोशिका एबनर्मल व्यवहार
गर्न थाल्छ । अटो करेक्ट
प्रणालीबाट आत्महत्याको लागि प्राप्त
भएको आदेश पालना
गर्दैन र स्वयंलाई
द्विगुणित गर्ने कार्य
गरिरहन्छ । यसरी
यस विसंगत कोशिकाले
निरन्तर द्विगुणित भएर
नयाँ कोशिकाको समूह
नै तैयार हुन्छ
। यसरी बनेका
कोशिकाले शरीरको अटो
करेक्ट प्रणालीको कुनै
पनि निर्देशन सुन्दैन
र निरन्तर वृद्धि
भइरहन्छन् । यसलाई
नै सामान्य भाषामा
क्यान्सर भनिन्छ ।
अहिलेसम्म मेडिकल साइन्सले
सयभन्दा बढी प्रकारका
क्यान्सर चिन्हित गरिसकेको छ
। माथि भनिसकिएको
छ, हामी सबैले
जन्मदा नै क्यान्सर
लिएर आएका हुन्छौँ
। दिनहुँ हाम्रो
कोशिकामा क्यान्सर हुन सक्ने
त्रुटि भइराखेका हुन्छन्
। यो लेख लेख्दा नै
मेरो शरीरमा बन्ने
नयाँ कोशिका, कतिपय
क्यान्सर कोशिका नै
बने होलान् तर
शरीरको अटो करेक्ट
प्रणालीले ती कोशिकालाई
आत्महत्या गर्ने सन्देश
दियो र ती कोशिकाले सन्देश ग्रहण
गरी मलाई अहिलेसम्म
क्यान्सर हुनबाट जोगाएका
छन् । तर अब मैले
लामो समय मक्ख
हुने अवस्था छैन
। हाम्रो शरीरको
अटो करेक्ट प्रणाली
५५ वर्षको उमेर
पछि शिथिल हुँदै
जान्छ, तपाईं भन्न
सक्नुहुन्छ, ५५ वर्षमा
अटो करेक्ट प्रणाली
शिथिल हुँदै जानु
प्रकृतिको प्राकृतिक चयन प्रणाली
(NATURAL SELECTION PHENOMENA) हो
। मैले आफूभन्दा
पछाडि आउनेका लागि
स्थान रिक्त गर्नै
पर्ने हुन्छ ।
वास्तवमा क्यान्सर हुने
संभावना हाम्रो शरीरमा
स्वनिर्मित (इनविल्ट) हुन्छ । तर, हामी
मानव प्रजाति पनि
कम्ती बुद्धिमान छैनौं,
हामीले क्यान्सरलाई छिट्टै
निम्त्याउन तमाखू, चुरोट,
बिंडी, रक्सी, नानाथरीका
केमिकलयुक्त कस्मेटिक, अनेक प्रकारका
रेडिएसन बनाएका छौ
!
आजको विश्वमा
क्यान्सरमाथि विजय पाउने
प्रतिशत दिनप्रतिदिन बढ्दै
गइरहेको छ । चालीस वर्ष
पहिला चारजना क्यान्सर
लागेकामध्ये उपचारले एक जनामात्र
ठीक हुन्थ्यो ।
अहिले चार मध्ये
२ जना ठीक हुन्छन् । निकट भविष्यमै यो संख्या
तीन पुग्छ । र, त्यो
दिन धेरै टाडा
छैन जब मेडिकल
साइन्सले क्यान्सरमाथि पूर्ण विजय
प्राप्त गर्छ । विज्ञानप्रतिको असीमविश्वासका कारण म निर्धक्क भन्न सक्छु,
भावी पुस्ताका भाइबैनीहरुले
४ फेब्रुअरीलाई विश्व
क्यान्सर दिवस नभएर
विश्व क्यान्सर उन्मुलन
दिवसका रुपमा मनाउने
छन् ।
लेखक : ज्ञान मित्र
COMMENTS