श्रीमती सोध्छिन्, ‘नेपालमा पेप्सी पनि नपिउने मेरो श्रीमान् युएईमा कसरी जड्याहा भयो ?’ यसको उत्तर कसैसँग छैन । मेघराज सापकोटा यूएईमा ...
श्रीमती सोध्छिन्, ‘नेपालमा पेप्सी पनि नपिउने मेरो श्रीमान् युएईमा कसरी जड्याहा भयो ?’ यसको उत्तर कसैसँग छैन ।
मेघराज सापकोटा
साभार: kantipurdaily
मेघराज सापकोटा
यूएईमा कार्यरत
प्राय सबै नेपालीलाई
थाहा छ, यो देशमा सार्वजनिक
रूपमा मदिरा सेवन
गर्न पाइँदैन ।
दुबई, अबुधाबीलगायतका कतिपय
राज्यहरूमा त मदिरा
किन्न र पिउन पनि लासेन्स
लिनु पर्छ ।
तर पनि नेपालीले
नेपालदेखि लागेको बानी
छोडेका छैनन् ।
‘सर,
गाडीमा बस्नुस्, हजुरलाई
छोडिदिन्छु’, उनले भने ।
रक्सीले मातिएर खुट्टा
टेक्ने स्थितिमै थिएनन् । बोली
लरबरिएको थियो । राम्रै
कम्पनी थियो ।
काम र कमाई पनि लोभ
लाग्दै थियो ।
रक्सी पिएर
गाडी कुदाउनु उनको
लागि सामान्य हो ।
‘डराउनु भो ?
केही हुँदैन आउनुस्,
मैले कस्तो कस्तो
हुँदा त गाडी कुदाएको छु ।
आज त कहाँ मातेको छु
र?’ गाडीमा बस्न
मलाई जोड गरिरहे ।
रातको झन्डै
एक बजेको थियो । धेरैबेरसम्म
कर गरिरहे ।
मैले उनीसँग यात्रा
गर्न मानिन् ।
कहिल्यै रक्सी नपिउने
रेसम लामाको गाडीमा
बसेर कोठा आएँ ।
त्यतिखेर म जवअल जसै पहाड
पुगेको थिएँ ।
यूएईको उत्तरी राज्य
रसअल खेमाहमा यो
पहाड पर्छ ।
जुन युएईको सबै
भन्दा अग्लो पहाड
हो । समुन्द्री
सतहबाट १ हजार ९ सय
३४ मिटर अग्लो
उचाइमा छ ।
यसलाई रसअल खेमाह
सरकारले पर्यटन क्षेत्रको
रूपमा विकास गरेको
छ । यूएईका
विभिन्न राज्यबाट घुम्न,
हेर्न र पिकनिक
खान यो पहाडमा
आउने गर्दछन् ।
नेपालमा हरियाली पहाड
देखेर रमाउने हामी
नेपालीलाई यूएईको यो
नाङगो पहाड पनि
रमाइलै लाग्छ ।
मरुभूमिमा यस्तो पहाडमा
देख्दा रमाइलो नै
लाग्दो रहेछ ।
यसमा ग्रेगर चट्टानबाहेक
कुनै रुख बुट्टा
देखिन्न । फराकिलो
बाटो बनाइएको यो
पहाडमा संसारको सबै
भन्दा लामो (२.८ किलोमिटर)
जिप लाइन पनि
छ । एउटा फलामको डोरीमा
घोप्टो परेर द्रुत
गतिमा पहाडको एउटा
टुप्पोबाट अर्को टुप्पोमा
यात्रा गर्दाको मज्जा
बेग्लै छ ।
गर्मीको बेला यूएईको
अन्य स्थानमा ४५
डिग्री तापक्रम हुँदा
यो पहाडमा ३०/३५ डिग्रीको
हाराहारीमा हुन्छ । जाडो मौसममा त
कहिलेकहीँ हिउँ पनि
पर्छ । यस
अर्थमा यो पहाड घुम्न र
पिकनिक गर्न रमाइलै
छ ।
नेपालमा शनिवार भने
जस्तै यूएईमा शुक्रवारको
दिन छुट्टीको दिन
हो । शुक्रवारको
दिन पारेर यो
पहाड घुम्न जानु
भो भने यूएईका
सातै वटा राज्यमा
काम गर्ने कयौँ
नेपालीहरू भेटिन्छन् । उनीहरू
प्राय पिकनिक खान
उक्त पहाडमा पुग्ने
गर्छन् । आफ्नै
साधन हुने कतिपय
नेपालीहरू त बिहीवार
बेलुका नै पहाडमा
गएर रात बिताउने
गर्दछन् । र,
जुमारात मनाउँछन् ।
'वीकेण्ड’ लाई अरबी
भाषामा जुमेरात भनिन्छ ।
अक्सर नेपालीहरूको
पिकनिक पार्टीमा रक्सी
अनिवार्य जस्तै भइसकेको
छ । यूएईमा
हुने नेपालीको हरेक
पिकनिक पार्टीमा रक्सी
नहोस् त पिकनिक
नै नहुने चलन
छ । चाहे त्यो अबुधाबीको
कर्निस पार्कमा होस्
या बरदुबईको क्यारिफोर
छेउको नेपाली पार्क
(मेट्रो स्टेसन) होस्
नेपालीहरूले रक्सी धोकेकै
हुन्छन् ।
यूएई सरकारले
पार्कलगायतका सार्वजनिक स्थलहरूमा खुलारुपमा
रक्सी सेवन गर्न
प्रतिबन्ध गरेको छ । अझ
शारजाह राज्यमा त
किनबेच र खान समेत पाइँदैन । नेपालमा
कानुन पालना नगर्ने
छाडा संस्कारको बानी
परेका हामी नेपालीलाई
यहाँको बलियो कानुनले
पनि छेक्न सकेको
छैन ।
बरदुबईको पार्कमा बसेर
बियर पिउने केटाकेटीहरूले
कागजले बेरेर लुकाएर
पिउने गरेको भेटिए । अलग
अलग स्थानमा काम
गर्ने र बस्ने उनीहरू शुक्रवारे
छुट्टीको दिन सोही
स्थानमा अङ्गालो मारेर
मात्तिन्छन् । कतिपय
त रूखको बुट्यान
मुनि 'खुलम खुला
प्यार करेङ्गे हम,
यस दुनियाँ से
नही डरेङ्गे हम्’
शैलीमा अङ्गालो मारेर
पिउँदै गरेका भेटिन्छन् । उनीहरूको
क्रियाकलाप देखि नसक्नु
हुन्छ । तपाईँले
केही बोल्नु भयो
कि पिटाइ खाई
हाल्नु हुन्छ ।
कसैले ’डिस्टर्ब’ गरे
झम्टिहाल्ने ।
अलिक पढेलेखेका
अफिसमा काम गर्ने
नेपालीहरू त झनै
बाठा । पिकनिक
गर्नुपर्ने, रक्सी बिनाको
पिकनिक के पिकनिक ?
जुक्ति निकाली हाल्ने । पेप्सी,
कोकाकोला र जुसको
बोतलमा ह्विस्की लिएर
जाने । त्यसैमा
मात्रा मिलाएर मिसाइदिने । फ्यामिली
पार्कमा बसेर आरामले
बारबीक्यु गर्दै पिइदिने ।
दुबईको एउटा
रेस्टुरेन्टमा कार्यरत एक जना नेपाली केही
दिनदेखि साथीभाइ र
घरपरिवारसँग सम्पर्क विहीन भए । साथीहरूले
कम्पनीमा सोधिखोजी गरे ।
यस बारेमा कम्पनीले
मुख खोल्न चाहेन । धेरै
दिनदेखि सम्पर्क विहीन
भएपछि नेपालमा रहेकी
श्रीमतीले पनि जसरी
हुन्छ खोजी गरिदिन
अनुरोध गरिन् ।
छिन छिनमा ‘लौ
न पत्ता लगाइदिनुस्,
लौ न’ भन्दै
म्यासेन्जरमा बिलौना गर्न
थाले पछि खोजी
सुरु गरियो ।
कुरा बुझ्दै जाँदा
उनी दिनभर रक्सी
खाएर बसेको र बेलुकीपख कम्पनीको डेलिभरी
मोटर बाइक दुर्घटनामा
परेछन् । स्थानीय
अदालतले २५ हजार दिर्हाम सजाय तोक्यो । जरिवाना
तिर्न नसके पछि
उनी अहिले जेल
सजाय भोगिरहेका छन् । यो
घट्नालाई नजिकबाट जान्ने महेश
थापा भन्छन्, ’चन्दा
उठाएर सहयोग गरौँ
न त भनेको,
रक्सी खाएर जेल
जानेलाई सहयोग गर्न
कसैले मानेनन् ।’
महेशका अनुसार उनी
२५ हजार दिर्हाम
बराबरको जेल सजाय
काटेपछि कहिले फर्केर
आउन नपाउने गरी
‘डिपोर्ट’ हुँदैछन् ।
केही कमाइ
होस्, घरमा बुढा
भएका बाआमाको मुहारमा
मुस्कान ल्याउन सकियोस्,
बुढीलाई एक सरो कपडा फेर्न
र मुना जस्ता
कलिला छोराछोरीलाई बोर्डिङ
स्कुलमा पढाउने सपना
बोकेका यी रक्स्याहाले
अन्ततः सबैको सपनालाई
स्वाहा पारे ।
आफै पनि डिपोर्ट
हुँदैछन् ।
यि प्रतिनिधि
उदाहरण मात्रै हुन् । यहाँ
समाजका जान्ने बुझ्ने
नेपालीहरू नै रक्सी
पिएर गाडी चलाउने
गर्छन् । नेपालमा
जस्तो यहाँ प्रहरीले
बाटोमा रोकेर मापासे
चेक गर्ने भए
गाडीको लाइसेन्स हुने
प्रायजसो नेपालीहरू समातिन्छन् ।
तर यहाँ ‘केही
नभएसम्म केही पनि
हुन्न, भएपछि रोई
कराइले पनि छुन्न ।’ ‘ड्रिन्क्स
एन्ड ड्राइभ’ मा
शून्य सहनशिलता अपनाएको
देश हो, यूएई । नेपालमा
जस्तो भनसुन र माफ चल्दैन । जरिवाना
र जेल सजाय
हुन्छ ।
नेपाली दूतावास
अबुधाबीले जनाए अनुसार
यूएईको जेलहरूमा दुई
सय नेपाली खब्बुस
(अरबी रोटी) चपाउँदै
बसिरहेका छन् । नेपाली
दूतावासले डिसेम्बर महिनामा यूएईका
विभिन्न स्थानहरूमा रहेका
८ वटा जेल भ्रमण गर्दा
उक्त सङ्ख्यामा नेपालीहरू
जेलमा भेटिएको बताएको
छ ।
जेलमा रहेका
नेपाली मध्ये ११६
जना रक्सी खाने,
झगडा गर्ने, रक्सी
खाएर गाडी कुदाउनेहरू
हुन् । जेल
जीवन बिताइरहेकाहरू मध्ये
आधा भन्दा धेरै
(५८ प्रतिशत) रक्सी
पिएर गैर कानुनी
काम गर्नेहरू रहेछन् । त्यस्तै
२० जना नेपाली
चोरीको आरोपमा, १२
जना हत्याको आरोपमा
र १० जना सोधपुछको क्रममा थुनामा
रहेका छन् ।
सूचनामा जनाइए अनुसार
७ जना नेपाली
नक्कली कागजात बनाएको,
८ जना यौनजन्य
अपराधमा र ५ जना लागु
औषधको आरोपमा जेल
सजाय भोगिरहेका छन् । २२
जना नेपाली भिसा
नभएका र सार्वजनिक
सम्पत्तिको हानी पुर्याएको आरोपमा
थुनिएका छन् ।
त्यस्तै सन २०१८ मा यूएईमा
१०७ नेपालीले ज्यान
गुमाए । नेपाली
दूतावास अबुधाबीले वैदेशिक
रोजगारीको सिलसिलामा युएईमा रहेर
सन् २०१८ मा ज्यान गुमाउनेमा
९८ पुरुष र ९ महिला
रहेको बताइएको छ ।
उनीहरूमध्ये १०३ जनाको
शव नेपाल पठाइसकिएको
छ । दूतावासका
अनुसार ४७ को जनाको प्राकृतिक
मृत्यु, ३३ आत्महत्या
र २३ जनाले
दुर्घटनामा ज्यान गुमाएका
थिए । अनुसन्धानको
क्रममा रहेकोले ४
जनाको शव नेपाल
पठाउन बाँकी नै
छ । केही महिना पहिले
यूएईमा भएको सृजना
बरालको हत्याको कारण
पनि रक्सी नै
थियो । उनको
शव अहिले पनि
अनुसन्धानको क्रममा रहेकोले
यूएईमै रहेको छ । नेपालमा
१० वर्षको नाबालक
छोरो आमाको यादमा
रुन्छ । यता
आमाको शव कहिले
नेपाल जाने हो टुङ्गो छैन ।
छुट्टीमा नेपाल गएको
बेला एक जना साथीको श्रीमतीले
मसँग गुनासो गरिन् । नेपालमा
हुँदा पेप्सी पनि
नपिउने उनका श्रीमान्
केही वर्ष यूएई
बसेर आउँदा जाड्याहा
भएर आए भन्ने
उनको गुनासो थियो । उनले
पटक पटक कारण
सोधिरहिन् । मसँग
जवाफ थिएन ।
झन्डै २
लाख २५ हजार नेपाली कार्यरत
यूएईमा दुई सय नेपाली जेलमा
रहनु र १ सय ७
जना नेपालीहरूको मृत्युले
एउटा दुखद सङ्केत
दिएको छ ।
जेलमा रहनेहरू मध्ये
अधिकांश रक्सीसँग सम्बन्धित
छन् भने मृत्यु
भएकाहरू मध्ये पनि
झन्डै आधाको मात्र
मृत्यु प्राकृतिक भएको
बताइएको छ ।
सामान्यतः कुनै कारण
बिना नै सुतेकै
अवस्थामा मृत्यु भएमा,
ह्दयघात भएमा वा कुनै बिमार
लागेर मृत्यु भएमा
प्राकृतिक मृत्यु मानिन्छ । यो
मृत्युको कुनै कारण
नहुन पनि सक्छ । अथवा
भनौँ ठ्याक्कै यही
कारणले भन्ने थाहा
नभएमा पनि प्राकृतिक
मृत्यु भनेर घोषणा
गरिन्छ । यूएईमा
मृत्यु भएका मध्ये
३३ जनाले आत्महत्या
गरेका छन् ।
उनीहरूले आत्महत्या गर्नुमा वैदेशिक
रोजगारले निम्त्याएको पारिवारिक विखण्डन
पनि कारणको रूपमा
छ । केही घट्नाहरु हेर्दा आत्महत्या
गर्नेहरू मध्ये पनि
अधिकांश रक्सीका नियमित
पारखी थिए ।
त्यसै गरी २३ जना नेपालीले
दुर्घटनामा ज्यान गुमाएका
छन् । रक्सी
पिएर बाटो काट्नेहरू
पनि दुर्घटनामा मरेका
छन् ।
यहाँ प्राकृतिक
मृत्यु हुनेहरू मध्ये
पनि धेरै जनाको
मृत्युको कारण रक्सी
नै हो ।
दिनभर ५० डिग्रीको
तातोमा काम गरेर
बेलुकी अबेर कोठा
पुगेर दुई चार प्याग रक्सी
पिउने अनि एसी
(एयर कन्डिसन) को
चिसो हावा आफूतिर
फर्काएर सुतेकाहरू बिहान
नउठेका धेरै घटना
छन् । तैपनि
नेपालीहरूले उसै गरी
पिउन छोडेका छैन । रक्सी
पिएर झगडा गर्न
छाडेका छैनन् ।
मातेर गाडी चलाउन
छाडेका छैनन् ।
इज्जत त के, बरु ज्यान
जाला नेपालीले रक्सी
छोड्ने वाला छैन
किनकि नेपालीहरू बहादुर
छन् । मर्न
डराउँदैनन्

COMMENTS