नेपालीमा एउटा उखान छ , बाँदरको हातमा नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ । हत्केलाभरको यो प्रविधि ...
नेपालीमा एउटा उखान
छ, बाँदरको हातमा
नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै
यो उखान मिल्छ
। हत्केलाभरको यो
प्रविधि खासमा हाम्रो
दैनिक जीवनका लागि
एक अभिन्न सहयोगी
बनेको छ । कसैसँग सम्पर्क
गर्नु परेमा, कुराकानी
गर्नुपरेमा, सन्देश आदनप्रदान
गर्नुपरेमा यो उपकरण
उपयोगी हुन्छ । अहिले भने
यसलाई बहुउपयोगी बनाइएको
छ । तस्विर
खिच्नेदेखि संगीत सुन्नेसम्म,
महत्वपूर्ण सूचना वा
जानकारी संग्रहित गर्नेदेखि
स्वास्थ्य परीक्षण गर्नेसम्म ।
तर, स्मार्टफोन जुन
उपयोगका लागि तयार
गरिएको हो, त्यसतर्फ
हामी खासै ध्यान
दिदैनौं । बरु, यसको दुरुपयोग
गर्न लागिपरेका र्छौं
।
त्यही कारण
त, गेम खेलेर
घण्टौ विताइदिन्छौं ।
फेसबुक चलाएर रात
विताइदिन्छौं । अहिले
स्मार्टफोन हाम्रो लागि
कुलत बनेको छ । केही
समयअघि अमेरिकामा भएको
एक अध्ययनबाट के
देखियो भने, मान्छेले
तीन दिनका लागि
यौन सम्बन्ध त्याग्न
सक्छन् । तर, एक दिनका
लागि स्मार्टफोन त्याग्न
तयार हुँदैनन् । हुन
त कतिपयले यसको
भरपुर उपयोग गरेका
छन् । तर, धेरैजसोले यसको व्यापक
दुरुपयोग गरेका छन्
।
स्मार्टफोनको दुरुपयोगले हाम्रो
समय नष्ट हुने
भयो । सामाजिक,
पारिवारिक जीवन कमजोर
हुने भयो । तर, यसको
हानी यतिमै रोकिदैन
। स्मार्टफोनको प्रयोगले
शरीरमा गंभिर क्षति
पुर्याइरहेको हुन्छ
।
त्यसैले यसको प्रयोगमा
भने सावधानी अपनाउनु
जरुरी छ । जर्जिया विश्वविद्यलायले गरेको
एक अनुसन्धनले पत्ता
लगाएको छ की कम्प्यूटर गेम खेल्ने,
शोसल मिडियामा बढी
बस्ने, स्मार्ट फोनको
बढी प्रयोग गर्ने
टिनियजर्सभन्दा स्मार्टफोन कम प्रयोग
गर्नेहरु खुशी हुन्छन्
। स्मार्टफोनको अत्याधिक
प्रयोगले दिमागमा असर पुग्नुका
साथै निराशा, बेचैन
र अनिन्द्रजस्ता समस्या
बढेर जान्छ ।
कमजोर बनाउँछ दिमाग
विषेशज्ञले भनेका छन
की बालबालिकालाई स्मार्टफोन
दिनु भनेको उसलाई
एक ग्राम कोकीन
पनि सँगै दिनु
जस्तो हो । बच्चा जव
स्मार्टफोनको सम्पर्कमा आउँछ त्यसपछि
उसको सहि ढंगले
मानशिक विकास हुँन
पाउँदैन । स्मार्ट
फोनको कारण बच्चाको
मस्तिष्क कमजोर बन्छ
। स्मार्टफोटबाट निस्कने
रेडियो तरंगले दिमागमा
मात्र गहिरो प्रभाव
पार्दैन की सुन्ने
क्षमतामासमेत ह्रास आउछ
।
यस्तो असर
स्मार्ट फोनको प्रयोगले
आँखमा असर पुग्छ
। यसको कारण
आँखाको दृष्टिसमेत कमजोर
हुन सक्छ । यस्तो लत
लागेका मानिस क्रोनिक
ड्राई आई सिन्ड्रोमबाट
पीडत हुन सकिन्छ
।
स्मार्टफोनको बढी प्रयोग
गर्ने बच्चाले आउटडोर
गेम खेल्न मन
गर्दैनन् । जसले
गर्दा उसको शारिरिक
विकासमा असर पुग्छ
। परिणाम मोटोपन
जस्ता समस्या देखिन
थाल्छन् ।
रातमा सुत्नुभन्दा
पहिले र विहाने
उठ्ने समय स्मार्ट
फोन लामो समयसम्म
चलाउनु पनि एक रोग हो
। जसलाई स्मार्टफोन
ब्लाइन्डनेस पनि भनिन्छ
। फोनलाई लामो समय
मुटुको नजिक राख्नु
हुँदैन । गोजीमा
लामो समय राख्दा
पनि स्वास्थ्यमा असर
पुग्न सक्छ । स्मार्टफोनलाई
कहिल्यै पनि सिरानी
मुनि राखेर सुत्नु
हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान
सक्छ । अनिद्राको
समस्या पनि ठूलो
रोग हो । गर्धन
बढी झुकाएर मोवाइल
चलाउँदा गर्धनलाई जोड्ने
हाड सम्बन्धि विभिन्न
रोग देखा पर्छ
।
कसरी पाउने छुट्करा ?
स्मार्टफोनमा बढी समय विताउनुको सट्टा विभिन्न
खेल खेल्ने, हिड्ने,
पत्रिका पढ्ने र मानिसँग कुरा गरेमा
बढी खुशी हुन
सकिन्छ ।
स्मार्टफोनमा घन्टौँ विताउनुहुन्छ
भने तपाई स्मार्टफोनको
लतमा फँसीसक्नुभएको छ
। यस्तो बानीबाट
छुट्करा पाउनको लागि
स्मार्टफोनलाई आफुभन्दा टाढा राख्न
सक्नुहुन्छ । मोवाइल
चेक गर्ने टाइमिङ
बनाउँदा अझ राम्रो
हुन्छ । तपाईलाई
यो आवश्यक छैन
की खाना खाने,
कसैसँग कुरा गर्ने
समय पनि मोवाइल
गर्नै पर्छ ।
तपाइको मोवाइलमा
कस्ता-कस्ता एप्स
छन् र त्यस्तो
एप्स कति पलदायी
छ भन्ने कुरामा
विषेश ध्यान दिनुस्
। यदि मोवाइलमा
अनावश्यक एप्स छ
भने त्यसलाई हटाइहाल्नुपर्छ
।
धेरै मानिसले
सुत्नुभन्दा पहिला मोवाइलको
स्वीच्ड अफ गर्दैनन्
। यदि यस्तो
लतबाट मुक्त हुनुको
लागि स्वीच्ड अफ
गरेर सुत्ने बानी
गर्दा राम्रो हुन्छ
।
कतिपय त्यस्ता
एप्स छन् जसले
स्मार्टफोनको कम प्रयोग
गर्न सहयोग गर्छन्
। त्यस्ता एप्सको
साहारा पनि लिन सक्नुहुन्छ ।

COMMENTS