अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकाम...
अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गर्नुभएको छ ।
काबुलमा सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ– उनले बताएका छन् । विस्फोटबाट मारिएका ती व्यक्तिहरुमा तीन जना सैनिक र एक सर्वसाधारण रहेका छन् ।
सो विस्फोटमा परी २३ जना बालबालिकासहित ९० जना घाइते भएका छन् । घाइते भएकामा १२ महिला जना महिला पनि रहेका बताइएको छ । घाइते भएकामा पनि प्रायः सबैजना सार्वसाधारण नागारिक नै रहेका उक्त समाचारमा जनाइएको छ ।
सोमबार भएको यस विस्फोटको करिब एक घण्टापछि दानिसले गर्नुभएको ट्वीटमा यो जानकारी दिनु भएको हो । यस घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको दानिसले बताउनु भएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर पनि यसअघिका यस्तै आक्रमणहरुमा तालिबान र इस्लामिक स्ट्टेस जस्ता लडाकू समूहको हात रहदै आएकोले यस आक्रमणमा पनि तिनै समूहको हात भएको प्रहरीको अनुमान रहेको छ ।

COMMENTS