ललितपुरस्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत किशोरीले आफ्नो नग्न तस्वीर भाइरल भएपछि प्रहरीलाई गुहारिन् । सुरुमा उ...
ललितपुरस्थित
एक विद्यालयमा कक्षा
१० मा अध्ययनरत
किशोरीले आफ्नो नग्न
तस्वीर भाइरल भएपछि
प्रहरीलाई गुहारिन् । सुरुमा
उनी आफूमाथि आइपरेको
विपत वर्णन गर्न
हिच्किचाइन् । तर,
केहीवेरमै अभिभावकहरुबाट थाहा भयो,
त्यो तस्वीर उनकै
प्रेमीबाट ‘लिक’ भएको
रहेछ । महानगरीय अपराध
अनुसन्धान महाशाखा, टेकुमा कार्यरत्
अनुसन्धान अधिकारीहरुका अनुसार पीडित
किशोरी र प्रेमीसँगै
पढ्थे । उनीहरुबीच
फेसबुकमा नियमित कुराकानी
हुन्थ्यो । त्यही क्रममा किशोरले
नग्न तस्वीर पठाउन
आग्रह गरेको प्रहरी
अनुसन्धानबाट खुलेको छ
।
सुरुमा उनले इन्कार
गरिन् तर, युवकले
तस्वीर माग्न छाडेनन्
। बरु सम्बन्ध
तोड्न तयार थिए
तर, नग्न तस्वीर
माग्न छाड्नेवाला थिएनन्
। अन्ततः किशोरीले
गोप्य अंगहरुको तस्वीर
सामाजिक सञ्जाल फेसबुकमार्फत
पठाएकी थिइन् । विस्तारै
त्यो क्रम बढ्दै
थियो । एक दिन किशोरको
म्यासेन्जरबाट त्यो नग्न
तस्वीर एउटा ‘च्याट
ग्रुप’मा फरवार्ड
भयो । केहीवेरमै
तस्वीर भाइरल भयो
। त्यो थाहा
पाएकी किशोरी छागाँबाट
खसेझैं भइन् । उनले अभिभावकलाई
खबर गरिन् । प्रहरीसमक्ष
घटना पुग्यो ।
प्रहरीले पीडित किशारीका
प्रेमीलाई पनि कार्यालयमा
बोलायो । बयानका
क्रममा उनले भूलवश
ग्रुपमा तस्वीर
सेन्ड भएको दाबी
गरे । नग्न तस्वीर
पठाउनु किशोरीको पनि
गल्ती थियो । त्यसैले प्रहरीले कसरी
अगाडि बढ्ने निर्क्यौल
गर्न सकेन । दुवै परिवारले
प्रतिष्ठाको विषयलाई पनि जोड दिएपछि फोटो
डिलिट गर्न लगाइयो
र अभिभावकको जिम्मा
लगाएर छाडियो ।
________________________________________________________________________
कंलकीको एउटा निजी
विद्यालयको कक्षा १०
मा अध्ययनरत १७
वर्षीया किशोरीलाई एउटा
अपरिचित व्यक्तिको फ्रेण्ड
रिक्वेस्ट आयो ।
केही ‘म्यूचल फ्रेण्ड’
पनि देखिए । उनले
एसेप्ट बटन दबाइन्
। कुराकानी हुन
थाल्यो । बानेश्वर
बस्ने २४ वर्षीय
युवकले कुराकानीका क्रममा
उनलाई आफूले असाध्यै
प्रेम गर्ने बताए
। कुरा गत वर्षको फागुन
महिनाको हो । उनले विवाह
गरेर घर लगी व्यवहार मिलाउने प्रलोभन
देखाए । किशोरीले
पनि उनको प्रस्ताव
स्वीकारिन् । २७ फागुनमा
कलंकीमा दुईबीच भेट
भयो ।
युवकको घर जाने
सर्तमा किशोरी त्यहाँ
आएकी थिइन् । तर, युवकले
उनलाई आफ्नो घर
लाँदैनन् बरु नजिकैको
‘रोयल ड्रिम होटल
एण्ड लज’ को १०३ नं.
कोठामा लान्छन् ।
भन्छन्, ‘आज एक
दिन यहीँ बसौं
। घरमा पनि
कुरा मिलाउनु पर्छ
। भोलि जानुपर्छ
।’ त्यसरात उनीहरुबीच
शारीरिक सम्पर्क भयो
। दोस्रो दिन
एकछिनमा आउँछु भनेर
निस्किएका युवक फर्किएनन्
। दिउँसो मध्य
१२ बजे ढोकामा
ढक्ढक् आवाज आयो
तर, त्यहाँ सँगै
रात विताएको युवक
थिएनन् । होटलका
वेटर उभिएका थिए
र, उनले भने,
‘चेक आउट टाइम
भयो, चाँडै निस्किनु
होला ।’ त्यसपछि
किशोरीले आमालाई त्यो
कुरा बताइन् ।
प्रहरीसमक्ष जोहरी पर्यो ।
युवक पक्राउ परे
। हाल उनी पुर्पक्षका लागि थुनामा
रहेको काठमाडौं प्रहरी
परिसरले जनाएको छ
।
________________________________________________________________________
काठमाडौंकै एक १५
वर्षीया किशोरीको फेसबुकबाटै
एक युवकसँग चिनजान
भयो । कुराकानीका क्रममा
उनीहरु नजिकिए ।
१९ वर्षीय युवकले
उनीविना बाँच्नै नसक्ने
बताउन थाले । दोलखा
घर भइ चाबहिल
बस्दै युवकले एक
दिन उनलाई घुम्न
जाने बहानामा कोठामा
लगे । उनीहरुबीच
शारीरिक सम्बन्ध भयो
। युवकले कोठामा
भएको गतिविधिको भिडियो
मोबाइलमा कैद गरेको
थाहा पाएपछि किशारी
आत्तिइन् । उनले भिडियो
डिलिट गर्न लगाइन्
। तर, उनले
मानेनन् । उल्टै अर्को सर्त
राखे, ‘फेरि एकपटक
कोठामा आउनुपर्छ अनि
मात्र हटाउँछु ।’
युवतीसँग उनले जे
भने त्यही मान्नुको
विकल्प थिएन । तर, एक
दिन जब उनको
‘च्याट बक्स’मा त्यो भिडियो
आयो, तब ती युवकप्रति उनको झिनो
विश्वास पनि रहेन
।अन्ततः परिवारसम्म यो
कुरा पुग्यो ।
प्रहरीमा जाहेरी दर्ता
भयो । हाल घटनाको मुद्दा
जिल्ला अदालत, काठमाडौंमा
विचाराधिन छ ।
युवक पुर्पक्षका लागि
थुनामा छन् ।
________________________________________________________________________
माथिका तीन घटना
सामाजिक सञ्जालको प्रयोगबाट
भइरहेको यौन दुर्व्यवहारका
प्रतिनिधि घटना मात्र
हुन् । पछिल्लो
समय यो भयावह
बन्दै गएको छ । प्रहरी प्रधान कार्यालयका
अनुसार अहिले यौन
दुर्व्यवहारमा पर्नेमा कलिला किशोरकिशोरीको
संख्या बढी छ । सामाजिक
सञ्जालबाट किशोर-किशोरी
नजिकिने, शारीरिक सम्पर्क राख्ने
र अतरंग तस्वीर/भिडियो भाइरल
हुने क्रम पनि
बढ्दो छ । महानगरीय
अपराध अनुसन्धान महाशाखाका
प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह
किशोरकिशोरीसम्बन्धी साइबर क्राइम
बढेको स्वीकार्छन् ।
उनी भन्छन्, ‘त्यस्ता घटनामा
पीडित र पीडकबीच
कतिपय अवस्थामा स्कुलमै
चिनजान भएको हुन्छ
भने बढी जसो फेसबुकमै जिनजान भएका
घटना पनि छन् ।’ अदालतले
पनि नाबालकलाई वेग्लै
किसिमले सम्बोधन गर्ने
बताउँदै उनले अनलाइनखबरसँग
भने, ‘हामी पनि
कसुरको प्रकृति हेरेर
मात्रै अघि बढ्छौं
।’नेपाल प्रहरीले
हालै सार्वजनिक गरेको
पुलिस ‘मिरर’ पुस्तिकाका
अनुसार नेपालमा सर्वाधिक
हुने अपराधको तेस्रोमा
जबरजस्तीकरणी पर्छ भने
कुल अपराधको १५
प्रतिशत महिला तथा
बालबालिकामाथि हुने बलात्कारले
ओघट्छ ।यो त प्रहरीमा रेकर्ड हुने
तथ्याङ्क मात्रै हो
। अझै पनि कतिपय घटना
प्रहरीसम्म पुग्दैनन् । प्रहरीमा
पुगेका कतिपय घटनामा
पनि सहमतिमा टुंगिन्छ
।

COMMENTS