सरकारले विमानस्थलमा पछिल्ला दिनमा भन्सार जाँचमा निकै कडाइ गरेपछि करिब ८ दिनको बीचमै २ हजार बोतल रक्सी बरामद भएको ...
सरकारले विमानस्थलमा पछिल्ला दिनमा
भन्सार जाँचमा निकै
कडाइ गरेपछि करिब
८ दिनको बीचमै
२ हजार बोतल
रक्सी बरामद भएको
छ । सरकारले
विदेशबाट बढीमा एक
लिटर वा एक बोतल रक्सी
लिएर आउन सकिने
गरी झिटीगुन्टा आदेश
जारी गरेको छ
। तर, विदशेबाट
फर्किनेहरुले ‘ड्युटी फ्रि’
सुविधाको फाइदा उठाउँदै
धेरै परिमाणमा रक्सी
ल्याउने गरेका थिए
। तर, त्यसले
राजश्व उठ्तीमा प्रभाव
परेको निश्कर्ष निकाल्दै
सरकारले रक्सीमा पनि
निकै कडाइ गरेको
छ । जसको प्रभाव स्वरुप
करिब हप्ता दिनमै
२ हजार बोतल
रक्सी बरामद भएको
सापकोटाले जानकारी दिए । ‘पछिल्लो दिनमा जफत
हुने क्रम घटेको
छ,’ प्रमुख भन्सार
अधिकृत चुँडाराज सापकोटाले
भने,’तोकिएभन्दा बढी
ल्याउनेलाई कुनै छुट
दिएका छैनौं ।’
यसरी जफत हुने
रक्सी र अन्य सामानलाई एक कानुनी
तवरको समितिले मूल्यांकन
गरेर लिलामीमा बिक्री
गर्ने गरेको छ । सो
बिक्रीबाट प्राप्त आय सरकारी
राजश्व खातामै जम्मा
हुन्छ ।
COMMENTS