सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा ल्याइएको ३५ के...
सरकारले चालु आर्थिक
वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा
ल्याइएको ३५ केजी
सुन बरामद गरेको
छ । विदेशबाट
आएका यात्रुहरुले तोकिएको
भन्दा बढी सुन ल्याएपछि ६ महिनाभित्रै
३५ केजी सुन
बरामद भएको प्रमुख
भन्सार अधिकृत चुँडाराज
सापकोटाले जानकारी दिए । हाल विदेशबाट आउने नेपालीले
अधिकतम् ५० ग्रामसम्मको
गहना लगाएर वा
लिएर आउन पाउँछन्
भने सय ग्रामसम्म
काँचो सुन भन्सार
तिरेर भित्र्याउन सक्छन्
।
यो नियम मिच्दै
विमानस्थलमा तोकिएभन्दा बढी परिमाणमा
सुन लिएर आउने
यात्रुको गहना र
सुन विमानस्थल भन्सार
कार्यालयले जफत गर्ने
गरेको छ । यसरी जफत
हुने सुन राष्ट्र बैंकको खातामा
जम्मा गरिन्छ भने
सुन ल्याउने यात्रुले
सुनको मूल्य बराबरको
धरौटी रकम पनि राख्नुपर्छ ।
जसमा विमानस्थल भन्सारका प्रमुखले
बिगोबापत तिर्नुपर्ने रकमको निरुपण
गर्छन् । सो बिगो रकमसिहत
जफत भएको सुनलाई
सरकारको रावश्व खातामा
जम्मा गर्ने गरिएको
छ ।
‘परिमाणभन्दा
बढी सुन ल्याएपछि
जफत गरेर सोही
मूल्य बराबरको बिगो
पनि तिराइन्छ,’ सापकोटाले
भने,’यसलाई अपराध
नै मानेर भन्सारबाटै
न्यायिक निरुपण गरिन्छ
।’
यसरी गरिने न्यायिक
निरुपण चित्त नबुझेकाहरु
राजश्व न्यायधीकरणमा मुद्दा
लिएर जान सक्छन्
।
नियमअनुसर विदेशमा काम गरेर
फर्किने नेपाली कामदारले
१०० ग्रामसम्म काँचो
सुन ल्याउन पाउँछन्
। त्यसका लागि
कर तिर्नुपर्छ ।
५० ग्रामसम्म काँचो सुन
ल्याउँदा एक ग्रामको
५२० रुपैयाँका हिसावले
कर तिर्नुपर्ने हुन्छ
। यसअनुसार १०
ग्रामको ५२ सय र ५०
ग्रामको २६ हजार भन्सार लाग्छ
।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम
६२० रुपैयाँ कर
लाग्नेछ । यसअनुसार
५० ग्रामबाट बढेर
१० ग्राम बढी
सुन ल्याएमा थप
६२ सय र ५० ग्राम
ल्याएमा थप ३१ हजार रुपैयाँ
भन्सार तिर्नुपर्छ ।
१०० ग्राम सुन
ल्याउने हो भने पहिलो ५०
ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो
५० ग्राममा ३१
हजार भन्सार तिर्नुपर्छ
। सय ग्रामभन्दा
बढी सुन ल्याएमा
जफत हुन्छ । ठूलो परिमाणमा
सुनको गहना लगाएर
आउँदा पनि जफत गरिन्छ ।
COMMENTS