एजेन्सी – विश्वमा धनि व्यक्तिहरुको जीवन र जीवनशैली सबैको चासोको विषय हो । मानिसहरु उनीहरुको बारेमा जानकारी राखिरहन्छन् ...
एजेन्सी – विश्वमा धनि व्यक्तिहरुको
जीवन र जीवनशैली
सबैको चासोको विषय
हो । मानिसहरु
उनीहरुको बारेमा जानकारी
राखिरहन्छन् । यससँगै
धनि र प्रशिद्ध
व्यक्तिहरुको रहनसहन र
जीनव जिउने कला
अरु सामान्य मानिसको
लागि प्रेरणा पनि
बन्न सक्छ । र, यसकारण
पनि उनीहरु चर्चामा
हुन्छन् । संसारमा
यस्ता धेरै व्यक्तित्वहरु
छन् जसलाई मानिसहरु
विभिन्न माध्यमबाट पछ्याइरहन्छन्
।
यसमध्ये एसियाका धनि व्यक्तिको
सूचिमा रहेका मुकेश
अम्बानीको जीनवका बारेमा
पनि मानिसहरु जान्न
उत्सुक रहन्छन् ।
उनी सँगसँगै उनकी
श्रीमती नीता अम्बानी
पनि सफल व्यवसायी
महिला र सुन्दरताका
कारण चर्चित छिन्
।
उनी दैनिक जीवनशैली,
महँगो चिया, व्यायाम
, पहिरन र नृत्यका
कारण सामाजिक सञ्जाल
तथा सञ्चार माध्यममा
चर्चाको विषय बन्ने
गर्छिन् भने मुकेश
अम्बानी रिलायन्स कम्पनीसँगै
आलिसान महल, कार,
निजी विमान र सम्पत्तिका कारण चर्चामा
छन् । तर कमलाई मात्र
थाहा छ यी दुईको वैवाहिक
जीवनको बारेमा ।
उनीहरुको कसरी भेट
भयो ? विवाहको प्रस्ताव
कसरी आयो ? साथै,
विहेअघि नीता के गर्थिन् त ?
धीरु भाईको रोजाईमा
नीता : भनिन्छ, जोडी
भगवानले स्वर्गबाट नै
बनाएर पठाएका हुन्छन्
। नीता र मुकेशको जोडी पनि
यस्तै छ । सामान्य परिवारमा जन्मिएकी
नीतालाई धीरु भाईले
बुहारी बनाउने प्रस्ताव
गरेको प्रशंग निकै
रोचक छ । रिलायन्स कम्पनीका संस्थापक
धीरु भाई अम्बानी
आफैले बिन्डला ग्रुपद्वारा
आयोजना गरिएको कार्यक्रममा
पहिलो पटक नीतालाई
देखेका थिए । नीताका पिता
उक्त कम्पनीमा कार्यरत
थिए । कार्यक्रममा
नीताको प्रस्तुतीले प्रभावित
भएका अम्बानीले नीतालाई
बुहारी बनाउने बारेमा
सोचिसकेका थिए ।
र उनले कार्यक्रमको
अन्तिममा नीताका पिताको
नम्बर लिएर आफै
उनीहरुलाई सम्पर्क गरेका थिए
।
धीरु भाईको प्रस्ताव
नीतालाई लाग्यो मजाक
: रिलायन्स कम्पनीका संस्थापकले आफूजस्तो
सामान्य परिवारकी युवतीलाई
विवाहको प्रस्ताव राख्दा
सुरुमा नीतालाई मजाक
जस्तै लागेको थियो
तर धीरु भाईले
नम्बरको माध्यमबाट नीताको
परिवारमा विवाहको प्रस्तावको बारेमा
सल्लाह गरे । घरमा कुराकानी
भएपछि उनी अम्बानीको
घर गइन् । उनी अम्बानीको
घर पुग्दा मुकेश
अम्बानीले ढोका खोले
। बारम्बार पिताबाट
नीताको बारेमा सुनेका
मुकेशले पहिलो पटकमै
उनलाई चिनें । केहिबेरको कुराकानीपछि उनीहरुको
अर्को भेटघाट तय
भयो ।
मुकेशसँग विवाह गर्नुअघि
नीताका शर्त : पहिलो
भेटघाटपछि नीता र
मुकेशको भेटघाट बाक्लियो
। एक अर्कालाई
मन पराउन थाले
। र, मुकेशले
नीतासँग विवाहको प्रस्ताव
राखे । तर, नीताले विवाह
गर्नुअघि शर्त राखिन्
। नीता विहेअघि
एउटा सामान्य स्कुलमा
बालबालिकालाई पढाउँथिन् । जहाँ उनको तवब
मात्रै ८ सय थियो ।
र बिहेपछि पनि
उनी उक्त कामलाई
निरन्तरता दिन चाहान्थिन्
किनकी उनलाई पढाउने
सोख थियो । साथै, उनी
आफ्नो पढाईलाई निरन्तरता
दिन चाहान्थिन् ।
उनले विहेपछि सबैभन्दा
धनि घरकी बुहारी
बनेपनि सामान्य जीवन
जिउन पाउनुपर्ने र
उनले गरिरहेको नोकरी
नछोड्ने आफ्नो इच्छा
रहेको बताइन् ।
उनको शर्तलाई मुकेश
अम्बानीले सहर्ष स्वीकार
गरे । अन्ततः
उनीहरुको विवाह भयो
। अहिले नीता
पनि सफल व्यवसायीका
रुपमा परिचित छिन्
।
COMMENTS