आत्ममिलनको साइनो विवाह

SHARE:

  विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको ...


 विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको खोजी  गर्नका लागि हुनुपर्छ। आपसी निकटता विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो राम्रो ! त्यसो हुँदा  विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता समझदारी विकास भैसकेको हुन्छ।
विवाह पार्टीमा जान खासै रुचि नभए पनि केही दिनअघि एउटा विवाह कार्यक्रममा सरिक हुनुपर्ने भयो, 'छोरीको विवाहमा जानैपर्छ,' भन्ने  बुझाइले  पहिले-पहिले विवाहको धार्मिक कार्य सम्पन्न गर्न भररात लाग्थ्यो, जन्ती जाने आउने समय गन्दा दुई दिनै लाग्ने ! अचेल  जमाना सर्टकर्टको   घन्टा पार्टी प्यालेस बुक गरे विवाहको सबै काम तमाम हुन्छ  दुईवटा हस्ताक्षर गरेर दुई मिनेटमा हुने विवाहको  अभ्यास पनि बढ्दै गएको   विवाहलाई दुई आत्माको मेल मान्दै, कुनै पनि औपचारिक कानुनी प्रक्रिया वा सामाजिक-धार्मिक स्वीकृतिको  आवश्यकता बोध नगर्ने जोडीको संख्या पनि बढ्दैछ  जीवनमा एकपल्ट हुने विवाह, स्थापित प्रक्रिया एवं सामाजिक तामझामसाथ गर्नुपर्छ  भन्ने धारणा कतिपयको   कतिले प्रक्रियाभन्दा सम्बन्धमा जोड दिन्छन्  बुझाइको विविधताले नै वैवाहिक सम्बन्धमा बाँधिने शैलीमा  फरकपन आएको हो  विवाह प्रेम
'विवाहपूर्व प्रेम अनिवार्य ' भन्ने सुन्दा, सातआठ वर्षको उमेरमा विवाह गरेका हजुरबा-हजुरआमालाई अचम्म लागे पनि हाल यो अनिवायर् जस्तै भएको   लभलाई एरेञ्जको रुप दिएर विवाह गर्ने हुन् वा एरेञ्जमा लभको खोजी गर्नेहरू हुन्, दुवैथरीले प्रेमको अनिवार्यता स्वीकार  गरेका छन्  विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको  व्यक्तित्वको खोजी गर्नका लागि हुनुपर्छ  आपसी निकटता विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो  राम्रो ! त्यसो हुँदा विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता समझदारी विकास भैसकेको हुन्छ  यस्ता जोडीका लागि विवाह   फलामको ढोका हुन्छ, विवाहपछिको घरव्यवहार फलामको च्यूरा ! विवाहपूर्व प्रेम हुनु दीर्घ सम्बन्धको आधार हो  तथापि, सफल जीवनका  लागि प्रेम मात्र पर्याप्त हँुदैन 
विवाह र आत्मनिर्भरता
विवाह प्रेमको अवतरणका लागि मात्र हुनुहुँदैन  विवाह शारीरिक आवश्यकता पूरा गर्ने बहाना मात्र हुनुहुँदैन  विवाह घरमा बुहारीको  आवश्यकता पर्दा गरिने संस्कार मात्र हुनुहुँदैन  विवाहमा यी सबै कुरा हुनु पर्छ, साथै दुई पक्षको शारीरिक परिपक्वता, आर्थिक आत्मनिभर् रता एवं मानसिक तत्परता पनि जरुरी हुन्छ  विवाहपूर्व शारीरिक परिपक्वता हुनुपर्ने प्रश्नमा नेपाली समाज धेरै अघि बढिसकेको   उमेर  नपुगी विवाह हुने समस्या पछाडि परेका समुदायमा नगण्य मात्रामा   आत्मनिर्भरताको प्रश्नमा उमेरदार युवायुवतीहरू कन्फ्युजनमा रहेको  पाइन्छ  एक्लो छँदासमेत आवश्यक हुने आर्थिक सबलता विवाहपछि अपेक्षा, आवश्यकता जिम्मेवारी दोब्बर हुँदा थप अनिवार्य हुन्छ   आत्मनिर्भरताका सम्बन्धमा युवामा जति संवेदनशीलता युवतीमा पाइँदैन  कतिपय युवती हुनेखाने केटा भए पुगिहाल्ने भ्रममा हुन्छन्  यस्तो  सोच भएकाहरूले बुझ्नुपर्छ- आत्मनिर्भरता केवल दुईछाकका लागि होइन, घरभित्र बाहिरको संसारमा सम्मानित भएर बाँच्नका लागि पनि  हो  विवाह र दाइजो
विवाहजस्तो महान साइनोलाई कसैले दूषित गर्दैछ भने, दाइजोले गर्दैछ  दाइजोप्रथाका संरक्षकहरू मानवीय सम्बन्धलाई हाटबजारको मो लमोलाइ मान्दैछन्  उनीहरू छोराको शिक्षादिक्षा, उपचारमा लागेको खर्च उठाउन भन्दै छोरी पक्षसँग दाइजोको खुलेआम बार्गेनिङ गर्छन्   यता छोरी पक्ष छोरी जन्मिएको दिनलाई कालो दिनका रूपमा बुझ्न विवश   यो चलन नेपालको तराईमा बढी   पूर्व होस् वा पश्चिमदाइजोप्रथा सामाजिक भार बनेको , भलै यसलाई स्वेच्छासँग जोडेर किन नहेरियोस् ? दाइजोप्रथा कानुनमा बन्देज गरेर नभई सामाजिक  जागरणबाट मात्र उन्मूलन हुन सक्छ  कुरा दाइजो दिने वा लिने एक पक्षको मात्र होइन  छोरातर्फबाट दाइजो लिनेले छोरीको विवाहमा  दाइजो दिनुपर्ने यथार्थतालाई विर्सनुहुँदैन  विवाहमा सकिनसकी दाइजो दिनेभन्दा छोरीलाई उपयुक्त शिक्षादिक्षाको व्यवस्था गर्नु राम्रो हुन्छ   बुहारी भित्र्याउनेमा बुहारीको शिक्षादिक्षा ज्ञानलाई दाइजोका रूपमा स्वीकार गर्ने विवेक अपेक्षित   विशेषतः केटा (दुलाहा) बाट दाइजो प्रथा दुरुत्साहन गर्नेतर्फ पहल हुनु प्रभावकारी हुनसक्छ  'मलाई दाइजो होइन, विवेकी जीवनसाथीको खाँचो ' भन्न सक्ने आँट आजका  युवामा आउन सके दाइजो उन्मूलन प्रयास सार्थक हुने थियो  विवाह र समझदारी
विवाहलाई धेरैले सम्झौता मान्छन्  यथार्थमा विवाह बाध्यताको सम्झौता नभै समझदारीमा जीवन जिउने कला हो  शब्दको पछि नलागेर  विवाहलाई सम्झौता नै मान्ने हो भने पनि 'सम्झौता' आफैमा नराम्रो हुँदैन  एक्लाएक्लै बाँचेका अधुरा दुई पक्ष एक भै पूर्णताको अभ्यासमा  लागिपर्छन् भने त्यसमा नराम्रो के ? सबै काम, दायित्व निर्णय हिजोसम्म एक्लाएक्लै गर्ने दुई पक्ष विवाहपछि आपसी सहमति, सल्लाह   समझदारीमा काम गर्छन् भने त्यसमा नराम्रो के भयो ? विवाहपछि स्वतन्त्रता गुम्छ भनिन्छ  विवाहसँगै गुम्ने कुराको समीक्षा गर्नुपूर्व योसँगै प्राप्त उपलब्धिको पनि सम्झने कि ? विवाहपछि हामी नयाँ जीवन पाउँछौं  जीवनभरको साथी पाउँछौं  विश्वास, माया भरोसा पाउँछौं  विवाहपछि केही जिम्मेवारी बढ्लान्, सँगै जिम्मेवारी पूरा गर्न आधा भूमिका खेल्ने सहयात्री पनि पाएका हुन्छौं  विवाहलाई 'दलदल' भन्छन्  कतिपयले, सही हो 
 स्मरणरहोस्, कमल दलदलमै फुल्छ  कमल फुलाउन सक्नु-नसक्नु अर्को कुरा ! मायालुको आगमनको कल्पना मात्रले पछ्यौरी वा साडीको सप्को लहराउने, रिमझिम वर्षा हुने कुरा वास्तविक जीवनमा नहोला  एरेञ्ज  वा लभ, जुनसुकै तरिकाले विवाह गरेका जोडीहरूले पूरा समझदारीमा काम गरे जीवन कल्पना गरिएभन्दा सुन्दर, आकर्षक व्यवस्थित हुन  सक्छ  'सोचेजस्तो हुन्न जीवन' भन्नु सत्य हो  जीवन धेरै विगि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुभन्दा जीवन धेरै सपि्रएर 'सोचेजस्तो हुन्न  जीवन' भन्नुमा आनन्द   यसैतर्फ हाम्रा प्रयास केन्दि्रत हुनुपर्छ  मंसिर सकियो, माघ, वैशाख आउँदै छन्  एक्लाहरूलाई विवाहको निर्णय  लिँदा मन मस्तिष्कको सन्तुलन मिलाउने पूरा अवसर   राम्रो काम गर्न ढिला हुँदैन  विवाहबन्धनमा बाँधिइसकेका जोडीहरूका लागि  पनि सम्बन्धलाई पुनव्र्यवस्थित गर्ने पूरा हक, अवसर स्वतन्त्रता   आवश्यक , इच्छाशक्ति जागरुकताको !

COMMENTS

Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : आत्ममिलनको साइनो विवाह
आत्ममिलनको साइनो विवाह
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2018/12/blog-post_42.html
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/2018/12/blog-post_42.html
true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content