नेपाली बलर सन्दीप लामिछानेले आफ्नो टीमको तेस्रो खेलमा दुई विकेट लिएर अस्ट्रेलियाको क्रिकेट मैदानमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दि...
नेपाली बलर सन्दीप लामिछानेले आफ्नो टीमको तेस्रो खेलमा दुई विकेट लिएर अस्ट्रेलियाको क्रिकेट मैदानमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन्।
सन्दीपले बिहीवार भएको खेलमा दुई विकेट लिँदा सिड्नी सिक्सर्सका कप्तान मोजेज एन्रिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए।
विश्वभरि प्रतिष्ठित मानिने बिग ब्याश लिगमा यी १८ वर्षीय नेपाली खेलाडी मेल्बर्न स्टार्सबाट खेलिरहेका छन्।
सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले चार ओभरमा १८ रन दिँदै दुई विकेट लिएका हुन्।
उनको खेलबाट उत्साहित भएका नेपाली दर्शकहरूले सिड्नीस्थित क्रिकेट मैदानमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै हर्षोल्लास गरेका थिए।
साभार: BBC Nepali

COMMENTS