हिजो परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीप्रति राष्ट्रपतिको समवेदना सन्देश त्यहाँका समकक्षीलाई पठायो । राष्ट्रपतिको नाममा इण्डोने...
हिजो परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीप्रति राष्ट्रपतिको समवेदना सन्देश त्यहाँका समकक्षीलाई पठायो । राष्ट्रपतिको नाममा इण्डोनेसियाका राष्ट्रपतिलाई पठाएको सन्देश सही नै थियो । त्यहाँ समबेदना नै पठाइएको थियो ।
तर त्यो सन्देशलाई जव मिडियामा सार्बजनिक गरियो, त्यसमा भने गम्भीर गल्ती भयो । त्यहाँ समवेदनाको सट्टा बधाई छापियो । अर्थात अंग्रेजी शब्द ‘कण्डोलेन्स’ हुनुपर्नेमा ‘कंग्राचुलेसन’ पर्यो ।
गल्ती गम्भीर थियो । फेरी राष्ट्रप्रमुखको सन्देशमा यो तहको कमजोरी क्षम्य गर्न सकिने होइन । कहिलेकाही मानवीय त्रुटी हुन्छ भन्ने मान्दा पनि त्यसमै अभ्यस्त र त्यसैका लागि तोकिएका परराष्ट्रका अधिकारीबाट यो ‘ब्लण्डर’ हुनु कारवाहीको बिषय बन्छ नै ।
परराष्ट्रको चरम बेवास्ताको चर्को बिरोधपछि उसले तत्कालै बिज्ञप्ती सच्यायो । गल्ती महसुस गरेर त्यो सच्याएकाले अव फेरी यसैलाई उठाएर खुइल्याउनुको पनि अर्थ रहेन ।
जव त्यो शब्दको गम्भीरता बुझ्छौं, त्यसमा तत्काल वहस गर्न तयार हुन्छौं भने फेरी कति छिटो त्यसमा राष्ट्रपतिलाई विवादमा तानिहाल्छौं । जव उक्त सन्देश राष्ट्रपति वा राष्ट्रपति कार्यालयले जारी नै गरेको होइन भने राष्ट्रपतिमाथि त्यही बिषयमा गम्भीर आक्षेप लगाइहाल्ने ?
जव त्यो शब्दको गम्भीरता बुझ्छौं, त्यसमा तत्काल वहस गर्न तयार हुन्छौं भने फेरी कति छिटो त्यसमा राष्ट्रपतिलाई विवादमा तानिहाल्छौं । जव उक्त सन्देश राष्ट्रपति वा राष्ट्रपति कार्यालयले जारी नै गरेको होइन भने राष्ट्रपतिमाथि त्यही बिषयमा गम्भीर आक्षेप लगाइहाल्ने ?
परराष्ट्रका सुब्बादेखि सचिवसम्मले समवेदना र बधाईका अर्थ बुझेका छन्, तीनले अंग्रेजी पनि जानेका छन् । सार्वजनिक टिप्पणी गर्नेले जानेको तर त्यहाँ कर्मचारीले नजानेको होइन । गम्भीरता नहुँदा यस्तो गल्ती भएको हो । बिज्ञप्ती कसले जारी गर्यो भन्ने समेत छुट्टयाउन नसकेर राष्ट्रप्रतिमाथि आरोप लगाउनेले चाँही संस्थाको मर्यादाको ख्याल गर्नुपर्दैन ?
कतिपय कथित बुझ्रुकले त्यही सन्देशको शब्दलाई लिएर राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको शैक्षिक योग्यताको समेत प्रश्न उठाए । जवकि, ती कथित प्रमाणपत्रधारीहरुभन्दा बढी नै क्षमता उहाँहरुको छ ।
समवेदनाको सट्टा गल्तीले प्रयोग भएको बधाईको ‘स्क्रिनसट’ गर्न सक्नेले त्यसको टाउकोमा कसले जारी गरेको भन्ने समेत थाहा नपाउनुले के अर्थ लाग्छ । परराष्ट्रले त गम्भीर गल्ती गर्यो, त्यसलाई सच्यायो पनि तर राष्ट्रपतिमाथि आक्षेप लगाउनेले कतै ‘सरी’ भनेको समेत सुनिएन ।
फेरी ज्ञानको असिमित क्षमता भएको वा चरम पूर्वाग्रह, राष्ट्रपति कार्यालयबाट जारी हुने सन्देशहरु सबै राष्ट्रपतिले लेख्नुहुन्न, त्यहाँको सरकारी कर्मचारी र सचिवालयले गर्छ । सरकारी कर्मचारी र सचिवालयका कर्मचारीको गल्तीको दोष पनि राष्ट्रपति लिनुपर्ने ?
सेनाले निर्णय गर्छ, राष्ट्रपतिलाई दोष, सरकारले निर्णय गर्छ, राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास । जवकी संविधानले राष्ट्रपतिलाई ती निर्णयको अधिकार नै दिएको छैन । जुन राष्ट्रपति अहिले पनि बिधुतीय गाडी चढ्नुहुन्छ, त्यसको चर्चा नै हुँदैन । तर जव भीभीआइपीका लागि हेलिकप्टरको मुद्दा सेनाबाट आउँछ, त्यहाँ पनि राष्ट्रपतिलाई विवादमा तान्ने किन ?
कमजोरी हुन सक्छन् । कोहीपनि पूर्ण हुनसक्दैन । सरकार र राजनीतिक दललाई मुल्यांकन गर्ने भनेको पनि सापेक्ष हो, निरपेक्ष होइन । सबै राजनीतिक दल र नेता उस्तै हुँदैनन्, सकैका आफ्ना शैलीजन्य र स्वभावजन्य बिशेषता हुन्छन् । कसैको अनुहार कसैलाई मन नपर्न सक्छ तर त्यो वहसमा पूर्वाग्रहका रुपमा देखापर्नु हुँदैन ।
राष्ट्रप्रमुख र सरकार प्रमुखका यस्ता समवेदना, शुभकामना, बधाई जस्ता सन्देश पठाउने परराष्ट्र मन्त्रालयले नै हो । कूटनीतिक मामिला आफैंमा सवेदनशिल मामिला हो, त्यसमा पनि यस्ता सन्देशभित्र कूटनीतिक शिष्टता सन्निहित हुन्छ । त्यही भएर कूटनीतिक शिष्टाचार बुझेका, आचारसंहिता बुझेका र भाषामा दख्खल भएकाहरुलाई यस्तो ड्राफ्ट गर्न लगाइन्छ ।
यो भाषाको मात्र प्रश्न होइन । परराष्ट्रका सुब्बादेखि सचिवसम्मले समवेदना र बधाईका अर्थ बुझेका छन्, तीनको अंग्रेजी पनि जानेका छन् । बाहिर सार्वजनिक टिप्पणी गर्नेले जानेको तर त्यहाँ कर्मचारीले नजानेको होइन । तर गम्भीरता नहुँदा यस्तो गल्ती भएको हो ।
तर बिज्ञप्ती कसले जारी गर्यो भन्ने समेत छुट्टयाउन नसकेर राष्ट्रप्रतिमाथि आरोप लगाउनेहरुले चाँही संस्थाको मर्यादाको ख्याल गर्नुपर्दैन ? प्रश्न यो पनि हो ।

COMMENTS