योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको छ । प्रज्ञा भवन कमलादीमा मंगलवार आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सा...
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको छ । प्रज्ञा भवन कमलादीमा मंगलवार आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री ओलीले स्वीच थिचेर योजनाको शुभारम्भ गर्नुभएको हो ।
नेपालको संविधानको धारा ३४ को उपधारा (२) मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा योजना लागू गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
रोजगारदातालेकम थप श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत र गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४०, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँड गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

COMMENTS