१३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै आएकी आमा दुर्गादेवी पन्त राजधानी काठमाडौंमा ...
१३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै आएकी आमा दुर्गादेवी पन्त राजधानी काठमाडौंमा
काठमाडौंको सभामा निर्मला पन्तका बुबा यज्ञराजले छोरीको न्यायको खोजीमा आफू काठमाडौं आउनुपरेको भन्दै न्याय दिन सरकारसँग आग्रह गरे । ‘निर्मलाका अपराधीमाथि सरकारले निष्पक्ष छानबिन गरी कारबाही गरोस्,’ उनले भने, ‘कसैले पनि राजनीतीकरण नगरी निर्मलालाई न्याय दिलाइदिने अपेक्षा राखेको छु ।’ आमा दुर्गादेवी पन्तले पनि न्यायका लागि सबैले बोलिदिन आग्रह गरिन् । ‘अहिले मेरो कोख रित्तो भएको छ । सबै आमाहरूले बुझिदिनुहोला,’ उनले भनिन्, ‘सरकारले आत्मा नदुखाओस्, नत्र हामीजस्ता आमा बाँच्नुको औचित्य छैन’ ।
nayapatrikadaily बाट साभार

COMMENTS