नाकरमुखमा धुलो , धुँवा पस्नाले , इन्द्रियका सामान्य क्रियाहरूको वेग रोकिनाले र यस्तै अन्य कारणहरूले प्राणवायु दुषित भएर उ...
नाकरमुखमा धुलो, धुँवा
पस्नाले, इन्द्रियका सामान्य क्रियाहरूको
वेग रोकिनाले र
यस्तै अन्य कारणहरूले
प्राणवायु दुषित भएर
उदान वायुसँग मिसीई
कफ, पित्तयुक्त मुखबाट
निस्कने ख्वाँ९ख्वाँको शब्द
नै खोकी हो।
खोकीका कारण मानिसले
धेरै समयसम्म समेत
दुस्ख पाउँछन्। कुनै
कुनै खोकी त करिब १
महिना भन्दा बढी
सम्म समेत लाग्ने
हुन्छ। खोकी लागेमा
घरेलु उपचारले पनि
खोकी निदान गर्न
सकिन्छ।
खोकी निदान गर्ने
केही घरेलु उपायहरू
यस्ता छन्
१) दश ग्राम
अदुवाको रस महसँग
मिसाएर चाटे लाभ
हुन्छ। यस्तै, मिश्रीमा
अमलाको धुलो मिलाएर
चाटे पनि लाभ गर्छ।२) आँकको ४/५ वटा
पात पोलेर त्यसको
खरानी रातभरी पानीमा
राखेर बिहान लुगाले
छानी पिएमा पनि
खोकी निको हुन्छ।३)
तिलको तेलमा कपुर
मिसाएर छातीमा बिस्तारै
दलिदिने गरेमा साना
बच्चाहरूको खोकीमा लाभ
गर्छ।
४) मह र
भुटेको असलीको ६
ग्राम चुर्ण खाए
पनि लाभ गर्छ।
असलीको पात पकाएर
काढाँ पिएमा पनि
खोकी निको हुन्छ।५)
अतिसको चूर्ण र मह मिलाएर
चाटे पनि लाभ हुन्छ।६) महसित चम्पाको
बोक्राको ८ ग्राम
चूर्ण सेवन गरे
कफजनित खोकीबाट छुटकारा
पाउन सकिन्छ।
७) दुई ग्राम
खयरसित बेसार र मिश्री मिसाई
सेवन गरे पनि खोकी निको
हुन्छ।८) जलकुम्भीको चुर्ण र मिश्री पाँच९सात
ग्राम खाएर त्यसमाथी
दुई घुट्को गुलाब
जल पिउनाले खोकीमा
फाइदा गर्छ।९) सुठोको
धुलो, तुलसीपातको रस
र मह बराबर
लिई प्याजको रस
मिसाएर सेवन गरे
पुरानो खोकी पनि
सञ्चो हुन्छ।१०) चिराइतोको
काढाँ पिउनाले वा
शतावरी, मिश्री र
छोहोडाको पानीमा पकाएर
पिउनाले पुरानो खोकी
निको हुन्छ।

COMMENTS