ई-कमर्स कम्पनी अलिबाबाका प्रमुख एवम् चीनका सबैभन्दा धनाड्य व्यक्ति ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको खुलासा भएको छ । चीनको सर...
ई-कमर्स कम्पनी अलिबाबाका प्रमुख एवम् चीनका सबैभन्दा धनाड्य व्यक्ति ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको खुलासा भएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले यो जानकारी दिएको सीएनएनले समाचार लेखेको छ ।
हालसम्म मानिसहरुले ज्याक मा कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको ठान्दथे । त्यसैले यो चीन र विश्वभरकै जनताका लागि आश्चर्यको कुरा मानिएको छ ।
पिपुल्स डेलीका अनुसार ज्याक मा कम्युनिष्ट पार्टीको सदस्यता लिएकाहरुमध्ये ती १०० जनाको सूचीमा सामेल छन् जसले चीनलाई आर्थिक सुधारको प्रक्रियामा अगाडि बढाउन मद्दत गरेका छन् ।
ज्याक मा चीनका सबैभन्दा धनाड्य व्यक्ति हुन् । धनाड्यहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सका अनुसार उनको सम्पत्ति ३५.८ अर्ब डलर छ ।

COMMENTS